सुन तोलामा एकै दिन ४ हजारले घट्यो, एक तोला किन्न कति पर्छ मूल्य ?

  कार्तिक २२, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , कार्तिक २२ ।  स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार हजार रुपैयाँ घटेको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलामा एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर