सुनचाँदीको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

  पुष २६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष २६ । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । बिहीबार सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक लाख ५४ हजार १०० रुपैयाँमा खरिदबिक्री भैरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यसदिनको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ८४५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

तपाईंको प्रतिक्रिया

थप खबर