सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

  फागुन १४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन १४ ।  नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ थियो । बुधबार भने घटेर तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर