मिडियाबाजी डटकम काठमाडौँ , माघ २४ । स्थानीय बजारमा सुनको मूल्य निरन्तर उकालोमा छ । लगातार बृद्धिका बिच बिहीबार मात्रै सुनको मूल्यमा प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ ।
मूल्य बढेसँगै बिहीबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो । सोमबारको तुलनामा मंगलबार प्रतितोला १ हजार ९ सयले बढेको सुनको मूल्य मंगलबारको तुलनामा बुधबार २२ सय रुपैयाँले बढेको थियो ।
सुनको मूल्य बढिरहँदा स्थानीय बजारमा चाँदीको मूल्य पनि बढिरहेको छ । बिहीबार चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २८६९ डलरमा किनबेच भइरहेको छ ।