सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ ?

  भदौ २१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २१ ।   हरितालिका तीजको दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा तोलामा १ हजार ३ सय रूपैयाँले बढेको हो ।

शुक्रबार सुन तोलाको १ लाख ५३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ३० रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर