सुनको भाउ शुक्रबार सामान्य घट्यो

  कार्तिक १८, २०७९

मिडियाबाजी डटकम काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । यता, शुक्रबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १२ सय २५ रुपैयाँ कायम भएको छ । बिहीबार भने चाँदीको भाउ प्रतितोला १२ सय १५ रुपैयाँ कायम रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर