सुनको भाउ बिहीबार तोलामा ४०० रुपैयाँले घट्यो

  कार्तिक १७, २०७९

मिडियाबाजी डटकम काठमाडौं । सुनको भाउ बिहीबार तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९३ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको ९३ हजार ६००

रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँ कायम भएको छ । बुधबार भने चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ कायम रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर