मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभाले भोलि पद तथा गोपनियताको शपथ लिने भएका छन् । प्रदेशसभा सचिवालयले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ ग्रहणका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको जनाएको छ ।
सचिवालयका सूचना अधिकारी युवराज जैशीले पद तथा गोपनियताको शपथका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको जानकारी दिए । दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावल ६८ ले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।