मिडियाबाजी डटकम काठमाडौँ , माघ ७ । सिद्धार्थ बैंकको सञ्चालन मुनाफा ५४.३७ प्रतिशत घटेको छ । सञ्चालन मुनाफा घढेपछि खुद नाफामा पनि असर परेको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.३६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी र जगेडा कोषमा १३ अर्ब ८९ करोड ३५ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी ०.३० प्रतिशत र कुल सञ्चालन आम्दानी ४.४० प्रतिशत बढेको छ । त्यस्तै, खुद फि तथा कमिशन आम्दानी १८.६८ प्रतिशत घटेको छ । बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १८ करोड रुपैयाँबाट बढेर २ अर्ब २६ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६५ पैसा घटेर ७ रुपैयाँ ५३ पैसामा छ । पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ६१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.२१ गुणा रहेको छ । त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।