साफ च्याम्पियनसिपमा कुवेत र भारतको बराबरी

  असार १३, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार १३ । साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा घरेलु टोली भारतले कुवेतसँग बराबरी खेलेको छ ।

खेलको पहिलो हाफमा कप्तान सुनिल क्षेत्रीले गोल गरी अग्रता लिए पनि भारतले अग्रता जोगाउन सकेन ।

इन्जुरी समयमा अनवर अलिले आत्मघाती गोल गरेपछि खेल एक–एकको बराबरी भएको थियो ।

बराबरीपछि कुवेत समूह ‘ए’ को विजेता र भारत उपविजेता बनेको छ । कुवेत र भारत यसअघि नै सेमिफाइनल पुगिसकेका थिए ।

समूह चरणबाट बाहिरिसकेका दुई टोली नेपाल र पाकिस्तानबीच हिजो भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले हराएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर