सांसद सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेश गर्न सरकारसँग माग

  असार २३, २०७९

मिडियाबाजी डटकम काठमण्डौ।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेश गर्न सरकारसँग माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद सुवालले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकाले उनले प्रस्तुत गरेर संसदबाट पारित भएको सो बजेट खारेज गरी नयाँ ल्याउन जरुरी रहेको बताएका हुन् ।सांसद सुवालले एसपीपीमा सहभागी नहुने मन्त्रिपरिषदको निर्णय अमेरिकालाई पत्राचार नगरेको भन्दै परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई कारबाही गर्न पनि माग गरे ।

मन्त्रिपरिषदले एसपीपी खारेज गर्ने निर्णय गरेकोलाई अध्ययन हुँदैछ भनि पत्राचार नगर्ने परराष्ट्रमन्त्रीमाथि कारबाही किन हुँदैन ? गोपनीयता भंग गरेका अर्थमन्त्रीको राजीनामा भइसकेको हुँदा पारित गरिएको भनिएको बजेट खारेज गरी नयाँ बजेट पेश गर्न जरुरी छ’, सांसद सुवालको भनाइ छ ।उनले गोपनियता भंग गर्ने अर्थमन्त्रीको पार्टीको अध्यक्ष र सरकारको नेतृत्व गरेको प्रधानमन्त्रीलाई यसबारे जिम्मेवार बनाउन जरुरी भएको भन्दै नेपाली काँग्रेसकै  नेता शेखर कोइरालाले सरकारकै कारण संस्थागत भ्रष्टाचार बढेको छ भनेकाले प्रधानमन्त्रीमाथि छानविन हुनुपर्ने बताए ।

सुवालले काँग्रेस नेता शेखर कोइराला आफैंले सरकारकै कारण संस्थागत भ्रष्टाचार बढदै गएको भनाई आएको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवामाथि छानविन गर्नुपर्ने जिकिर समेत गरे ।भक्तपुरको दुवाकोट र नगरकोट सडकको कालोपत्रे समयमै सम्पन्न गराउन पनि सरकारलाई सुवालले सचेत गराए । 


तपाईंको प्रतिक्रिया

थप खबर