मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १३। सरकार र आन्दोलनरत शिक्षकहरूको जारी वार्ता सकिएको छ । आज (शनिबार) सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र शिक्षक महासंघका प्रतिनिधिबीचको वार्ता सकिएको हो । वार्ता बिना निष्कर्ष टुङ्गिएको छ ।
छलफललाई निरन्तरता दिएर समाधान निकालिने शिक्षा मन्त्रालयले जनाएको छ भने आन्दोलनरत शिक्षकले आजको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएको छ । माग पुरा नभएसम्म आश्वासनमा मात्र आन्दोलन नरोकिने शिक्षक महासंघको अडान छ । वार्ता सकारात्मक भए पनि आन्दोलन भने जारी राख्ने महासंघले जनाएको छ ।