सरकारले ल्याएका अध्यादेशले माफिया र तस्करलाई फाइदा पुग्ने एकीकृत समाजवादीको निष्कर्ष

  फागुन ०६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन ६ ।  नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको ६ अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टीको मङ्गलबार बसेको स्थायी कमिटी बैठकले सरकारले ल्याएका अध्यादेशले भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्ष निकालेको हो ।

संसद् छलेर अध्यादेश ल्याएको र त्यसको अन्तरवस्तुमा एकीकृत समाजवादीको असहमति रहेकाले विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर