मिडियाबाजी डटकम काठमाडौं, पौष १३ । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठकमा सरकारमा सहभागी हुनुपर्ने माग उठेको छ । सांसदसमेत रहेका कार्यसम्पादन समिति सदस्यका साथै बहुसंख्यक नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार सांसदसहित बहुसंख्यक कार्यसमिति सदस्यहरूले पार्टी सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका हुन् । उनीहरूले पार्टी नेतृत्वलाई सरकारमा सहभागी हुने निर्णय लिन सुझाव दिएका छन् ।