मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १३ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयको औपचारिक पत्र कुलमान घिसिङलाई पठाइएको छ ।
सरकारले पदमुक्त गरेको औपचारिक पत्र निवर्तमान कार्यकारी निर्देशक घिसिङलाई पठाएको हो। अब उनलाई आफ्नो बर्खास्तीविरुद्ध कानुनी उपचारमा जाने बाटो खुला भएको छ । सरकारले आफूलाई कार्यकाल नसकिँदै बर्खास्त गरे बर्खास्तीको पत्र पाएलगत्तै सरकारको निर्णयविरुद्ध अदालत जाने घिसिङले बताएका थिए ।