मिडियाबाजी डटकम काठमाडौं,पौष २५ । काठमाडौं जिल्ला अदालतले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको हो । गौशाला २६ बलात्कार मुद्धामा अदालतले लामिछानेलाई तीन लाख जरिवाना तोकेको छ ।
त्यस्तै पीडितलाई जरिवानाको ३ लाख र थप दुई लाख समेत गरि रु ५ लाख क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।
यसअघि पुस १३ गते अदालतले उनलाई बलात्कार मुद्धामा दोषी ठहर गरेको थियो । सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतको ठहर छ ।