मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २८ । पठाओ, इन्ड्राइभलगायतका राइड सेयरिङ बन्द गर्नुपर्ने मागसहित ट्याक्सी चालकहरूले आन्दोलन गरेका छन् ।
रातो नम्बर प्लेटकाले यात्रु बोक्दा आफूहरूको गरीखाने मेलो खोसिएको भन्दै उनीहरूले कोटेश्वर-जडिबुटी बीच सडकमा ट्याक्सी तेर्स्याए ।
ट्याक्सी व्यवसायीको आन्दोलनको अगुवाइ व्यवसायी दुर्गा प्रसाईँले गरेका थिए । केही बेर सडक अवरोध भएकोमा प्रहरी र ट्याक्सीले हटाएर सडक सुचारु गराइसकेको छ ।