मिडियाबाजी डटकम काठमाडौं, पौष ११ । सत्ता गठबन्धनको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, राप्रपा लगायत दलका शीर्ष नेताहरु सहभागी छन् । प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपछि पहिलो पटक बस्न लागेको बैठकमा ‘पावर सेयरिङ’ लगायतका विषयमा छलफल हुने बताइएको छ ।
माओवादी अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे शपथ ग्रहण गर्दैछन् । आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने उनको तयारी छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा नजाने तर समर्थन गर्ने बताएका छन् भने अन्य दल भने सरकारमा जाने तयारीमा छन् ।