श्रीमानको कुटाइबाट श्रीमतीको हत्या

  श्रावण ०७, २०७९

मिडियाबाजी डटकम काठमाडौं ,श्रावण ७। ताप्लेजुङमा श्रीमानको कुटाइबाट शुक्रबार श्रीमतीले ज्यान गुमाएकी छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार जिल्लाको फुङ्लिङ नगरपालिका -९, हाङ्देवाको ५६ वर्षका बलबहादुर साँवाले आफ्नी ५४ वर्षकी श्रीमती कान्छिमायाँको कुटपीट गरी हत्या गरेका हुन् ।

उनलाई नियन्त्रणमा लिएर अनुशन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घरायसी विवादका कारण श्रीमानले कुटपीट गर्दा कान्छिमायाँको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर