मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १६। गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा परेको छ । बद्री केसी नेतृत्वको एनआरएनए उपाध्यक्ष रोजिना राईसहित तीन जनाले घलेलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गराएका हुन् । उक्त मुद्दाको पेसी मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ । सर्वोच्च अदालतले गत साउनमा दिएको फैसलाविपरीत गतिविधि गरेर अदालतको अवहेलना गरेको जिकिर रिट निवेदकको छ ।
एनआरएनएको विवादका सम्बन्धमा सर्वोच्च अदालतले २०८० चैतमा एकताको महाधिवेशन गर्न सर्वोच्चले परमादेश दिएको थियो । सोही फैसलाको आधारमा परराष्ट्र मन्त्रालयले ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसीलाई काम गर्न रोक लगाएपछि उनी अदालत पुगेका थिए । सो मुद्दामा सर्वोच्चले साउनमा फैसला गर्दै कामकाज गर्ने बाटो खुला गरिदिएको थियो ।