मिडियाबाजी डटकम काठमाडौँ, साउन ५ । सेयर बजार २२० अंक अर्थात् ९.९८ प्रतिशत बढेको छ । गत साता २२०४ अंकमा रहेको बजार यो साता २४२४ अंकमा पुगेको थियो । नेप्सेको यो अंक २७ महिनायताकै उच्च हो ।
बिहीबार एकै दिन १५ अर्ब ५४ करोडको धितोत्रप कारोबार भयो । यो कारोबार रकम भदौ २०७८ यताकै उच्च हो । २०७८ भदौमा बजारले ३१९८ अंकको उच्चतम रेकर्ड पनि बनाएको थियो ।
आइतबार ५२.९७ अंक बढेको बजार सोमबार जम्मा १७.१८ अंक मात्रै घट्यो । मंगलबार ७०.१८, बुधबार ५४.०४ र बिहीबार ५९.६८ अंक बढ्यो ।
आइतबार ७ अर्ब ६२ करोडको कारोबार भएकोमा सोमबार ८ अर्ब ७३ करोड, मंगलबार ९ अर्ब १३ करोड, बुधबार १२ अर्ब ५ करोड र बिहीबार १५ अर्ब ५४ करोडको कारोबार भयो ।