मिडियाबाजी डटकम काठमाडौँ, फागुन २२ । यो साता शेयर बजार लगातार चौंथो दिनसम्म ओरालो लागेको छ । सोमबारदेखि घट्न थालेको नेप्सेले बिहीबार पनि निरन्तरता पाएको छ । बिहीबार नेप्से २.७० अंकले घटेर २८१८.४३ अंकमा अडिएको छ । शेयर बजार बढेको समयमा ट्रेडरहरूले नाफा बुक गरेपछि नेप्सेमा गिरावट आएको हो ।
यस दिन ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब १० करोडको शेयर कारोबार भएको छ । आज चार उपसूचक बाहेक अन्य सबै सूचक राताम्य भएका छन् । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब १२ करोडको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ८ करोडको शेयर कारोबार भएको छ । एनआरएनको ३४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबेभन्दा धेरै गार्डियन माइक्रो लाइफ र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । गार्डियन माइक्रो लाइफको शेयर दोस्रो बजारमा कारोबारमा आएकै दिनबाट लगातार सकारात्मक सर्किट लागिरहेको छ । आज सबैभन्दा धेरै नविल डिबेञ्चर २०८२ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।