मिडियाबाजी डटकम काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ १३ सय ८० रुपैयाँ कायम रहेको थियो ।