शुक्रबार सुनको भाउ १०० रुपैयाँले बढ्यो

  मङि्सर ०२, २०७९

मिडियाबाजी डटकम काठमाडौं । शुक्रबार सुनको भाउ १०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९८ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, शुक्रबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १२ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर