शिक्षा मन्त्रालयमा मेरो रुचि र विज्ञता दुबै छैन : डा. शाक्य

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ९।  सत्तारुढ नेकपा एमालेकी सांसद विद्या भट्टराईले शिक्षा मन्त्री पदबाट राजीनामा दिएपछि अब शिक्षामन्त्री को बन्ला भन्ने चासोको विषय बनेको छ। यही सन्दर्भमा कतिपयले राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य शिक्षामन्त्री बन्न सक्ने आंकलन गरिरहेका छन्।

तर डा. शाक्यले भने आफै तत्काल मन्त्री बन्ने पक्षमा नरहेको बताएकी छन् । डा. शाक्यले शिक्षा मन्त्रालयमा आफ्नो रुचि र विज्ञता दुबै नभएको बताएकी छन्। कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्जान शाक्यलाई शिक्षा मन्त्री बनाउन चाहेको समाचार लेखेका छन् । शाक्यले भने त्यसलाई ‘भ्रामक र कपोलकल्पित’ भनेकी छन् । उनले आफू भर्खरै अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएको भन्दै उनले तत्कालका लागि यही जिम्मेवारी निर्वाह गर्ने बताइन् ।

तपाईंको प्रतिक्रिया

थप खबर