मिडियाबाजी डटकम काठमाडौं,असोज २८। शताब्दी वाङमय पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ। २० दिनदेखि ललितपुरको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत उनको छातीमा निमोनिया संक्रमण बढेको छ।
बिहीबारदेखि मुटुको चालमा घटबढ भइरहेको अस्पताल प्रशासनले जनाएको छ। उनको उपचारमा संलग्न डा. सुरज बज्राचार्यका अनुसार दुई दिनअघिसम्म उनको स्वास्थ्य अवस्था सुधारउन्मुख थियो तर, बिहीबारदेखि भने छातीमा संक्रमण बढेको छ।
गत बुधबार अवस्था केही सहज देखिएपछि जोशीलाई सघन कक्ष (आइसियू) बाट नर्मल बेडमा सारिएको थियो तर, बिहीबार स्वास्थ्य जटिल बनेपछि पुनः सघन कक्षमा सारिएको छ। हाल जोशी बोल्न र खान सक्ने अवस्थामा समेत नरहेको डा. बज्राचार्यले जानकारी दिएका छन् ।