शङ्करापुरको बेवारिसे बालबालिका आश्रयस्थलभित्र टिपर छिर्‍यो, दुई बालक र एक बृद्धको मृत्यु !

  फागुन २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २३ ।  काठमाडौंको शङ्करापुरमा टिपरले किचेर तीन जनाको ज्यान गएको छ । शङ्करापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरूको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको हो ।

द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपाल सीभीडीएसले सञ्चालन गरेको आश्रयस्थलको टहरािभत्र बिहीबार मध्यराति बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर छिरेको काठमाडौं प्रहरीले जनाएको छ । टिपरको ठक्करबाट मृत्यु हुनेमा दुईजना बालक र एक वृद्ध गरी तीनजना छन् । आकाश र सुमन नामका बालक र वृद्ध हरिजनको मृत्यु भएको हो ।

गम्भीर घाइते हरिजनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलार्ई नियन्त्रण लिइएको बौद्ध प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर