मिडियाबाजी डटकम काठमाडौं,साउन १४ । भारतसँगको दोस्रो एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिज विजयी भएको छ ।
ब्रिजटाउनमा भएको खेलमा वेस्ट इन्डिजले भारतलाई ६ विकेटले हराएको हो । भारतले दिएको १ सय ८२ रनको सामान्य लक्ष्य वेस्ट इन्डिजले ८० बल अघि नै ४ विकेट गुमाएर भेटायो ।
वेस्ट इन्डिजका शाइ होपले नटआउट ६३ र केइसी कार्टीले ४८ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि इशान किसनले सर्वाधिक ५५ र शुभमन गिलले ३४ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका रोमियो शेफर्ड र गुण्डकेश मोतिले ३र३ विकेट लिए । जितसँगै वेस्ट इन्डिजले ३ खेलको शृङ्खला १(१ को बराबरीमा ल्याएको छ ।