वी लभ यू फाउण्डेसन ‘सम्मानित संस्था–२०७९’ द्धारा विभूषित

  कार्तिक २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं -साँस्कृतिक कला विकास समूह, नेपालद्धारा ३३ जना स्रष्टाहरू सम्मानित हुनुभएको छ ।

गत शनिबार अपरान्ह नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजना गरिएको उक्त कार्यक्रमा सामाजिक पृष्ठभूमि समेटिएका दिग्गज व्यक्तित्वहरूलाई खादा ओढाएर सम्मानित गरिएको थियो ।बरिष्ठ समाजसेवी सुश्री भद्रकुमारी घलेज्यूको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको सो कार्यक्रममा समाजमा विभिन्न क्षेत्रबाट टेवा पुर्‍याएको व्यक्तित्वहरूलाई सम्मानका साथै विभूषण पनि गरिएको थियो ।

त्यसमध्ये लामो समयदेखि आमाको मनद्धारा सामाजिक क्षेत्रमा निरन्तर कार्य गरी समाज र राष्ट्रमा एउटा उदाहरणीय छाप छोड्न सफल वी लभ यू फाउण्डेसन संस्थाले सामाजिक रुपान्तरणका लागी अग्रणी भूमिका निर्वाह गरेकोेमा कदर गर्दै विभूषित गरिएको छ । वी लभ यू फाउण्डेशनले नेपाल अधिराज्यभर बेलाबखत सरसफाइ लगायत मानवहितका थुप्रै गतिविधिहरू निरन्तर आयोजना गर्दै आइरहेको छ । जसमा पिउने पानीको असुविधाले ग्रस्त विद्यालयमा सफा पानीको सुविधा प्रदान गरेको छ भने किशोरावस्थाका विद्यार्थीहरूमा असल चरित्र र विवेक निर्माण हुन सक्ने गरी थुप्रै विद्यालयहरूमा पुस्तकालयहरूको पनि निर्माण गरेको छ । साथै वृक्षारोपण र रक्तदान अभियानहरू पनि देशभर निरन्तर सञ्चालन गर्दै आइरहेको छ ।

सम्मानित हुने व्यक्तित्वहरूमा बरिष्ठ आर्युर्वेद विशेषज्ञ तथा समाजसेवी मृगेन्द्र श्रेष्ठ, बष्ठि नृत्य निर्देशक अच्युत घिमिरे, चर्चित गायिक, म्यूजिक कम्पोजर बबिता मानन्धर, नेकपा माओवादी केन्द्रिय नेता छबिन्द्रराज कँडेल, राजनीतिककर्मी तथा व्यवसायी चन्द्र काम्बाङ्ग, अम्बला हर्बल प्रा.लि. का अध्यक्ष धनबहादुर लामा, संगीतकर्मी दुर्गा खतिवडा, जनमत पार्टीका नेता गोबिन्द नेपाल, बरिष्ठ नृत्य निर्देशक कमल राई, इन्जिनियर तथा काठमाडौँ क्षेत्र नं. १ का प्रतिनिधि तथा उम्मेदवार हरेन्द्र चौधरी, उद्योगपति तथा समाजसेवी लेख बहादुर श्रेष्ठ, औषधी विशेषज्ञ तथा समाजसेवी मनोज बस्नेत, बरिष्ठ कलाकार तथा कथाकार मोहन निरौला, व्यवसायी तथा समाजसेवी नारायण प्रसाद गौतम, बरिष्ठ राजनीतिज्ञ तथा समाजसेवी ओमप्रकाश शर्मा, केन्द्रिय उपाध्यक्ष, जनमत पार्टी क्षेत्र नं. १ का प्रकाश सुवेदी, खबरपाटी डट कम का सम्पादक प्रेम बहादुर कार्की, समाजसेवी तथा महिला सशक्तिकरण अभियानकर्ता रजनी मल्ली रहेकी छिन्।

कार्यक्रममा थप सम्मानित हुनेहरूमा गायक, संगीतकार तथा रचनाकार राजेश एकल, भुदेव नेट जाली उद्योग, झापाका प्रबन्धक तथा समाजसेवी रामप्रसाद पोखरेल, समाजसेवी तथा महिला सशक्तिकरण अभियानकर्ता रिता अर्याल, थ्रीडी किताब निर्माण कम्पनी रुपक क्रियशन प्रा.लि., बुद्ध शान्त पार्क निर्माण समिति तथा प्रेमध्वज प्रधान फाउण्डेशनका अध्यक्ष शान्त बहादुर शाक्य, उद्योगपति तथा समाजसेवी शेष नारायण श्रेष्ठ, नेकपा माओवादी प्रदेश नं.१ सदस्य तथा समाजसेवी श्री प्रसाद राई, नेपाली कांग्रेस १ नेतृ सिर्जना सिंह, रेकर्डिङ स्टुडियो ए लेभल रहेको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर