मिडियाबाजी डटकम काठमाडौं। कतारमा चलिरहेको विश्व कप फुटबल अन्तर्गत आज शुक्रवारको पहिलो खेलमा इरानले वेल्सलाई हराएको छ । केहीबेरअघि सकिएको खेलमा इरानले वेल्सलाई २–० गोलले हरायो ।
इरानका लागि थपिएको समयको नवौँ मिनेटमा चेस्मीनीले र अन्तिम मिनेटमा रामिन रेजियानले गोल गरे । वेल्सका गोलकिपर वाइनी हेनेस्सीले ८६ औँ मिनेटमा रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा सीमित थियो । आजको जितसँगै इरान दुई खेलमा दुई अङ्क जोडेर समूह ‘बी’ को दोस्रो स्थानमा पुगेको छ । वेल्स १ अङ्कसहित पुछारमा पुगेको छ ।