विभिन्न १७ देशका प्रस्तावित राजदूतविरुद्धका उजुरीमाथिको छलफल भोलीदेखि हुने

  भदौ १०, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र १० ।  गएको साउन १४ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत सिफारिस गरेको थियो ।

तर, संसदीय सुनुवाइ समितिमा १७ जनाको मात्र नाम पुग्यो । अस्ट्रेलियाका लागि सिफारिस भएकी कान्ता रिजालको नाम उजुरी आह्वानको सूचनामा प्रकाशित भएन ।

अहिले सुनुवाइ समितिले १७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध समितिमा परेका उजुरीमाथि छलफल गर्ने तयारी गरेका छ । समितिमा ९ वटा उजुरी परेको बताइएको छ । सरकारले राजदूत सिफारिसबारे संसदलाई जानकारी पठाएपछि सुनुवाइ समितिले प्रस्तावित राजदूतविरुद्ध सार्वजनिक सूचना जारी गरी उजुरी मागेको थियो । सोही आधारमा सुनुवाइ समितिमा ९ वटा उजुरी परेका हुन् ।

प्राप्त जानकारी अनुसार ९ मध्ये दुई वटा उजुरी इमेलबाट प्राप्त भएका हुन् भने ७ वटा उजुरी उजुरीकर्ताले संसद सचिवालयमै पुगेर दर्ता गराएका छन् । समितिमा परेका तीनवटै उजुरी बेनामे छन् । मलेसियाका लागि नेपाली राजदूत सिफारिसमा परेका डा. नेत्रप्रसाद तिमल्सिनाविरुद्ध तीन वटा उजुरी परेको जानकारी प्राप्त भएको छ ।

तिमल्सिनाले आफ्नो कार्यकाल समाप्ति भएपश्चात् पनि नेपाल रेडक्रस सोसाइटीको लेडर प्याड र छाप अनधिकृत रुपमा प्रयोग गरी विभिन्न निकायमा पत्राचार गरेको, विज्ञप्तिहरू निकालेको, संस्थाको प्रतिष्ठा र गरिमामा आँच आउने गरी संस्थाको लेटर प्याड र छापको चरम दुरुपयोग गरेको आरोप उजुरीकर्ताले लगाएका छन् ।

मन्त्रिपरिषदको २०७६ साउन १२ गतेको निर्णय अनुसार तिमल्सिना नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिको अध्यक्षमा नियुक्त भएका थिए । कानुनबमोजिम उनको तोकिएको कार्यकाल समाप्त भएपश्चात सरकारले प्रा. सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको थियो ।
I

केन्द्रीय तदर्थ समिति गठनविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय समेतलाई विपक्षी बनाई तिमल्सिनाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उजुरीकर्ताले उनले दायर गरेको मुद्दा नम्बर ०७७ – डब्लुओ- ७२३र०७८ डल्लुओ- १४७० रहेको उल्लेख गरेका छन्

तपाईंको प्रतिक्रिया

थप खबर