विदेशी मुद्रा साट्न अनिवार्य बैंक खाता चाहिने

  श्रावण ०७, २०७९

मिडियाबाजी डटकम काठमाडौं श्रावण ७। विदेश जाने नेपालीले विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य चाहिने भएको छ । चालु आर्थिक वर्ष २०७९/८० का लागि नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका अनुसार विप्रेषणलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याएको प्रमाणका आधारमा विभिन्न सेवा तथा सुविधा छुट हुने व्यवस्थाका लागि समेत यस वर्ष समन्वय हुने भएको छ ।

सूचना प्रविधि लगायत सेवा निर्यात गरी विदेशी मुद्रा भित्र्याउने कामलाई प्रोत्साहन गर्न समेत आवश्यक नीतिगत व्यवस्था गरिने नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत घोषणा गरेको छ । विदेशबाट आउने विप्रषणको दायरा फराकिलो बनाउन विद्यमान विप्रेषणसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने घोषणा समेत नेपाल राष्ट्र बैंकले गरेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर