वित्तीय आतंकविरुद्ध ११ वैशाखबाट आमहड्ताल हुने

  बैशाख ०६, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख ६ । राष्ट्रवादी केन्द्र नेपालले वित्तीय आतंकविरुद्ध शान्तिपूर्ण भद्र अवज्ञा आन्दोलनको रुपमा आमहड्ताल गर्ने भएको छ ।

वर्तमान वित्तीय नीति परिवर्तन गरी कर्जाको ब्याजदर ६ प्रतिशत कायम गर्नुपर्नेलगायतका सम्बोधन गर्न सरकार तयार नभएकाले ११ वैशाखबाट आमहड्ताल गर्न लागेको राष्ट्रवादी केन्द्रका अध्यक्ष चन्द्रबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार सरकारलाई आफ्नो माग पूरा गर्न १० वैशाखसम्मको समयसीमा दिएको भए पनि हालसम्म सम्बोधन गर्न कुनै तयारी नगरेकाले आमहड्तालको तयारीलाई तिव्रता दिइएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर