मिडियबाजी डटकम काठमाडौं ‘स्थानीय तह निर्वाचन,२०७९ का समन्दर्भमा मतदाताहरूलाई हार्दिक अपिल ‘ शीर्षक रहेको पाँच पत्रकार संगठनहरूको संयुक्त विज्ञप्तिको बिषयलाई लिएर निर्वाचन आयोगले चौबीस घण्टाभित्र लिखित जवाफ सहितको स्पष्टिकरण माग गरेको छ | हिजो २४ गतेको दिन संयुक्त विज्ञप्ति जारी गरेर बद्रि सिग्देल(नेपाल प्रेस युनियन),विष्णु सापकोटा (प्रेस सेन्टर नेपाल),शम्भु श्रेष्ठ (समाजवादी प्रेस संगठन नेपाल ),केशव अर्याल (प्रेस मञ्च नेपाल ) र श्यामलाल पोखरेल (प्रगतिशील पत्रकार संघ नेपाल) समेत पाँच जनाको संयुक्त हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा गठबन्धन पक्षलाई भोट दिनको लागि पत्रकार आचारसंहिता विरुद्द अपिल गरिएको थियो | हे्नुहोस् संयुक्त उक्त विज्ञप्ति
