लागुऔषध खइरो हिरोइनसहित दुई जना पक्राउ

  जेठ २८, २०७९

मिडियाबाजी डटकम काठमाडौं । कञ्चनपुर,बेलडाँडी गाउँपालिका–३, स्थित राधाकृष्ण माध्यमिक विद्यालय नजिकबाट प्रहरीले आज लागू औषध (खैरो हिरोइन)सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६ , मुसेपानीका १८ वर्षीय विकास चौधरी र भीमदत्त नगरपालिका–२ ,महोलियाका २५ वर्षीय सुवास चौधरी पक्राउमा परेका हुन्।

शाहका अनुसार पक्राउ पर्नेहरुका साथबाट दुई ग्राम ६९० मिलिग्राम खैरो हिरोइन खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको हो । पक्राउ परेकाहरुले लागू औषध ओसारपसार गर्नका लागि प्रयोग गरेको लु ८४ प ८१०८ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ साथै उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर