रास्वपा सभापति लामिछानेलाई आज पोखरा फर्काइँदै

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , कार्तिक ३० ।  रुपन्देही प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की पोखरा फर्काइने भएको छ । सहकारी ठगी र संगठित अपराधको कसुरमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज रुपन्देहीबाट पोखरा पठाउन लागिएको हो ।

मंगलबार बयानका लागि कास्कीबाट रूपन्देही पुर्‍याइएका रविलाई बयान सकिएसँगै शुक्रबार कास्की नै फिर्ता गर्न लागिएको हो । लामिछानेलाई बुद्ध एयरको जहाजमार्फत कास्की पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी डिएसपी लक्ष्मी खनालले जानकारी दिइन् । बिहान ७ः४० फ्लाइट रहे पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मौसम सफा नभएका कारण ढिलाइ भएको उनले बताएकी छन् ।

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिनाबारे अनुसन्धानका लागि लामिछानेलाई भैरहवा लगिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयमा तीन दिन गरी झण्डै साढे २३ घण्टा बयान लिइएको थियो । मंगलबार ५ घण्टा, बुधबार झण्डै ८ घण्टा र बिहीबार झण्डै १० घण्टाको बयानमा लामिछानेलाई ७४ वटा प्रश्न सोधिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर