रास्वपाका केन्द्रीय सदस्य थापा अमेरिकामा पक्राउ

  फागुन १८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन १८ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका रास्वापा सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विश्वास पात्र थापालाई अमेरिकी प्रहरीले पक्राउ गरेको हो ।

अमेरिकी आप्रवासन र भन्सार प्रवर्तनले थापालाई एक साता अगाडि पक्राउ गरेको अमेरिकाबाट सञ्चालन हुँदै आएको समाज टाइम्स अनलाइनले जनाएको छ । नेपालबाट अमेरिका जाँदै गर्दा थापा पेन्सिल्भेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् । उनलाई अहिले फिलाडेल्फिया संघीय हिरासत केन्द्रमा राखिएको छ । बाल्टिमोर एशोसिएसन अफ नेप्लिज इन अमेरिका ९बाना० का संस्थापक अध्यक्ष थापा मेरिल्याण्ड बाल्टिमोर बासिन्दा हुन् । पछिल्लो समय उनी नेपालको राजनीतिमा सक्रिय रहेका थिए । थापाले रवि लामिछानेको निकट रहेर काम गरेका थिए । थापा यस अगाडि पनि मेरिल्याण्डमा सवारी लाइसेन्स दुरुपयोग अभियोगमा जेल बसेका व्यक्ति हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर