मिडियाबाजी डटकम काठमाडौं ,असोज २५।राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९/०८० को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।
उक्त कार्यतालिका अनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८० वैशाख महिनाको दोस्रो हप्तादेखि सञ्चालन हुने, कक्षा ११ को आंशिक/ग्रेड वृद्धि परीक्षा २०८० वैशाख महिनाको तेस्रो हप्तादेखि सञ्चालन हुनेछ ।कक्षा १२ को वार्षिक परीक्षाको नतिजा २०८० साउन मसान्तभित्र प्रकाशन हुने र कक्षा ११ को (आंशिक/ग्रेड वृद्धि परीक्षार्थी)को भदौ मसान्तमित्र प्रकाशन गरिनेछ । कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा परीक्षा सञ्चालन भएको मितिले ४५ दिनभित्र प्रकाशन हुने बोर्डले जनाएको छ ।
कक्षा ११ को वार्षिक परीक्षा २०८० वैशाख महिनाको अन्तिम हप्तादेखि सञ्चालन हुनेछ । कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता र नतिजा साउन मसान्तभित्र हुने जनाएको छ ।