‘राष्ट्रप्रति समर्पित युवा आजको आवश्यकता’ : प्रधानमन्त्री ओली

  फागुन १८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन १८ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध रहने बताएका छन् ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल एनसिसीको सिसं १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रममलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ उक्तिलाई आत्मसात गर्दै चन्द्र र सूर्य अंकित झण्डाप्रति सदैव अनुशासित भई शिरोपर गर्न सक्ने युवाहरुको खाँचो राष्ट्रलाई रहने भएकाले यो कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा परेको बताएका हुन् ।

‘तपाईहरुमाथि तपाईको अभिभावकको मात्र आशा र सपना निहित नरही तपाईहरुका प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ ।

तपाईंको प्रतिक्रिया

थप खबर