मिडियाबाजी डटकम ३ असोज, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा गरेकी छिन् । २१ जनाले सजाय माफी पाएका छन् ।
संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै देशका विभिन्न कारागारमा रहेका ६८१ को कैद कट्टा गरेकी हुन् ।