राजतन्त्र फर्काउन खोजे ठूलो मूल्य चुकाउनु पर्ने माधव नेपालको चेतावनी

  चैत १४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १५ ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई चुस्ने र बर्बाद गर्ने राजतन्त्र नेपालमा फर्किने कल्पना पनि नगरेको बताएका छन् ।

समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा गरेको सभामा बोल्दै नेपालले नेपालमा वंश र परिवारको शासन अब स्वीकार्ने अवस्था नभएको बताएका हुन् । ‘यो कास्टिङ मात्रै हो । यो मुलुकमा वंश र परिवारको शासनमा फर्किदैन । जनताले कसैको दासत्व स्वीकार्दैनन्,’ नेपालले भने, ‘जनतालाई चुस्ने, बर्बाद पारेको सम्झिँदा पनि राजतन्त्र फर्किने कल्पना गर्न सकिँदैन । यो देशमा वंशको शासन गर्ने कुचेष्टा कसैले नगर्दा हुन्छ । ढलेको राजतन्त्र आउन सम्भव छैन ।अराजकतावादको हल्ला सुनेका छौं । कोही मच्चिनुपर्दैन । देशलाई अगाडि लाने हो ।’ तर नागरिकको अपेक्षालाई पूरा गर्न तत्पर हुनुपर्ने उनको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

थप खबर