रविविरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , पौष २६ । कास्की प्रहरी हिरासतबाट हिजो मात्र छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध मुद्दा चलाउनु पर्ने रायसहितको प्रतिवेदन बुटवल प्रहरीले बुझाएको छ । इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो ।

रुपन्देहीका एसपी रन्जितसिंह राठौरले प्रतिवेदन बुझाएको पुष्टि गरेका छन् । हिजो मात्रै लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा ६५ लाख धरौटी रकम बुझाएर रिहा भएका थिए । उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर