मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २७ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरू राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिने भएका छन् ।
सभापति रवि लामिछानेलाई गैरकानुनी तरिकाले पक्राउ गरिएको भन्दै तर्फबाट पार्टी प्रतिनिधिहरू उजुरी दिन आज मानवअधिकार आयोग जान लागेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई गत शुक्रबार राति सुत्न लागेको बेला प्रहरीले पक्राउ गरेका थिए । लामिछाने सहकारी ठगी प्रकरणमा तुलसीपुर उच्च अदालतको बुटबल इजलासको आदेशपछि पक्राउ परेका हुन् । उनी कारागार चलान भइसकेका छन् ।