मिडियाबाजी डटकम काठमाडौं,भाद्र १७। नेपाली कांंग्रेस मोरङ क्षेत्र नम्बर २ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको छ । वर्तमान सांसद डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य सुजता कोइरालाको नाम सिफारिस गरेको हो ।
क्षेत्र नम्बर २ का सभापति नागेश्वर सिंहका अनुसार सर्वसम्मत नभएपछि दुई जना आकाक्षीको नाम सिफारिस गरेको हो । रिजाल २०७४ सालको निर्वाचनमा बाम गठबन्धन उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गर्दै सांसद निर्वाचित भएका थिए ।उनी पुनः टिकटको दाबेदार हुन् ।
सुजता कोइराला भने बुबा गिरिजाप्रसाद कोइरालाले चुनाव लडेको क्षेत्रबाट आफू उम्मेदवार बन्ने बताउँदै आएकी छन् । दुवै नेताले एक अर्कालाई समानुपातिक सूचीमा बस्न आग्रह गर्दै आएका छन् । नेकपा एमालेबाट भने क्षेत्र नम्बर २ मा जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य ऋषिकेश पोखरेल एकल दाबेदार छन् ।