मुस्ताङ दुर्घटनामा मृत्यु हुनेहरूमध्ये १२ जनाको शव पनि काठमाडौं ल्याइँदै

  जेठ १७, २०७९

मिडियाबजी डटकम काठमाडौं। मुस्ताङमा भएको तारा एअर विमान दुर्घटनामा मृत्यु हुनेहरूमध्येको १० जनाको शव हिजो काठमाडौं ल्याइएको थियो । भेटिएका २१ मध्ये ११ जनाको शव र आज भेटिएको १ जनाको शव सहित नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइँदै गरेको जानकारी प्राप्त भएको छ ।

उक्त दुर्घटनामा विदेशी ६ जनासहित २२ जनाको विमान दुर्घटनामा ज्यान गएको छ । खराब मौसमको कारणबाट उक्त दुर्घटना भएको अनुमान लगाइएको छ । दुर्घटनाग्रस्त विमानको भ्वाइस रेकर्डरपनि भेटिएको छ अब दुर्घटनाको खास कारण उक्त ककपिट भ्वाइस रेकर्डरको जाँचबाट पत्ता लगाउन सकिनेछ।

तपाईंको प्रतिक्रिया

थप खबर