मिडियाबाजी डटकम काठमाडौं,पौष २२ । माया खोला हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको आइपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले शुक्रबार आइपीओ बाँडफाँट गरेको हो । कम्पनीले १० कित्ता देखि ३० कित्तासम्म आवेदन दिने आवेदकलाई मागबमोजिम आइपीओ बाँडफाँट गरेको जनाएको छ । त्यस्तै, ४० कित्तादेखि ६ हजार ३ सयसम्म आवेदनदिने आवेदकहरुलाई ३० कित्ताको दरले आइपीओ बाँडफाँट भएको छ ।
यसरी ८ हजार २५७ जना आवेदकहरुलाई २ लाख १५ हजार ६७० कित्ता सेयर बाँडफाँट भएको छ । बाँकी रहेको सेयरको लागि ४० कित्ता देखि ६ हजार ३ सय कित्ता सेयर आवेदन दिने ५ हजार ४८३ जना आवेदकहरुबाट २ हजार ४ सय ३३० कित्ता गरी जम्मा २ लाख ४० हजार कित्ता सेयर बाँडफाँट भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । कम्पनीले मंसिर २३ गतेदेखि माघ ८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १ सय अंकित मूल्यमा २ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको थियो ।