माओवादी केन्द्र र राप्रपाको स्थायी समिति बैठक दिउँसो बस्दै

  श्रावण ३०, २०७९

मिडियाबाजी डटकम काठमाडौं, श्रावण ३०। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य, आसन्न निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

डा. भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाएका छन् । सो मौखिक सहमतिलाई लिखित रुपमा औपचारिकता दिने तयारीसमेत भइरहेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज अपराह्न १२ बजे बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकरी दिए ।उनका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारीका लागि कार्यसम्पादन बैठक बस्न लागेको हो । निर्वाचन केन्द्रित विष्तृत छलफल हुने उनले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर