मिडियाबाजी डटकम काठमाडौं, कार्तिक ११। महिलामाथि दुर्व्यवहार गर्ने जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् ।
हुम्लाका प्रहरी प्रमुखसमेत सहेका भट्टराईले रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको हो ।डीएसपी भट्टराई यसअघि पनि महिला र मदिराका मामिलामा विवादमा परेर कारबाही भोगेका अधिकृत हुन् ।
२०७७ वैशाखमा इलाका प्रहरी कार्यालय बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो ।उक्त आरोप लागेसँगै उनलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए । हाल भट्टराईको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको प्रहरी स्रोतले जनाएको छ ।
दृष्टि न्युजबाट