मिडियाबाजी डटकम काठमाडौं, पौष १३ । संसदीय दलको नेता बन्न आकांक्षी बढी भएपछि राजनीतिक दलका नेताहरुलाई मधेस प्रदेशसभामा संसदीय दलको नेता चयन गर्न सकस भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको करिब डेढ महिना बित्न लाग्दा मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले आफ्नो संसदीय दलको नेता चयन गर्न सकेका छैनन् ।
मधेस प्रदेशसभामा नयाँ र पुराना गरी विभिन्न १० राजनीतिक दलको प्रतिनिधित्व छ । संसदीय दलको नेता बन्न थुप्रै आकांक्षी भएकाले संसदीय दलको नेता छान्न समस्या भएको नेताहरुले बताए । मधेस प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा ९एमाले०मा आकांक्षी बढ्ेकाले दलको नेता छनोट गर्न समस्या भएको नेताहरुले जानकारी दिए । एमालेका नेता तथा प्रदेशसभा सदस्य राजकुमार लेखीले पार्टीभित्र तीन÷चारजना आकांक्षी भएकाले दलको नेता कसलाई बनाउनेमा सहमति हुन नसकेको बताए । उनले अबको एक÷दुई दिनभित्रै संसदीय दलको नेता छान्ने गरी पार्टीमा गृहकार्य भइरहेको बताए।
कूल एक सय सात सदस्यीय मधेस प्रदेशसभामा २३ सिट जितेर पहिलो पार्टी बनेको एमालेमा संसदीय दलको नेता बन्न नेता लेखीसहित रामचन्द्र मण्डल, सरोज कुमार यादवलगायत आकांक्षी छन्। सहमतिमा संसदीय दलको नेता छान्न सकस भएपछि नेपाली कांग्रेसले निर्वाचन प्रक्रिया थालेको छ । निर्वाचन प्रक्रियाबाट दलको नेता छान्न नेपाली कांग्रेसले मधेस प्रदेशका पार्टी उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । कांग्रेस प्रदेश समितिको जनकपुरधाममा बसेको बैठकले उपसभापति यादवको संयोजकत्वमा प्रदेश समितिका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ र सहमहामन्त्री बिन्दुकुमारी यादव सदस्य रहने गरी तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।