मिडियाबाजी डटकम काठमाडौं,पौष ६। मकवानपुरमा बसको ठक्करबाट पैदल यात्री महिलाको मृत्यु भएको छ ।
मकवानपुरस्थित मनहरी गाउँपालिका–९ खरंगामा बुधबार बाटो काट्दै गरेकी भोजपुरकी ४५ वर्षीया सीता मिजारको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । काँकडभिट्टाबाट स्याङ्जाका लागि छुटेको बसबाट ओर्लिएर चिया पसलमा जाँदै गरेकी मिजारलाई झापाबाट पोखराका लागि छुटेको लु २ ख ४६०७ नम्बरको बसले ठक्कर दिएको थियो ।
हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।